पेरिस ओलम्पिकमा ६० देशले जिते पदक, चीन शिर्षस्थानमा

Facebook
Twitter
WhatsApp

काठमाडौं । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ६० देशले पदक जितेका छन् । शुक्रबार सम्पन्न खेलपछि ४० देशले स्वर्ण पदक जितेका छन् भने कुल ६० देशले पदक जितेका छन् ।

जसमा चीन १६ स्वर्ण, १२ रजत र ९ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ भने अमेरिका १४ स्वर्ण, २४ रजत र २३ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै आयोजक फ्रान्स १२ स्वर्ण, १४ रजत र १५ काश्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने अस्ट्रेलिया १२ स्वर्णसहित ८ रजत र ७ काश्य पदक जितेर चौथो स्थानमा रहेको छ ।

त्यसैगरी ग्रेट ब्रिटेन १० स्वर्ण, १० रजत र १३ काश्य पदकसहित पाँचौं स्थानमा रहेको छ । त्यस्तै दक्षिण कोरियाले ९ स्वर्ण, ७ रजत र ५ काश्य पदक जितेको छ भने जापानले ८ स्वर्णसहित ५ रजत र ९ काश्य पदक जितेको छ ।

त्यसैगरी इटालीले ६ स्वर्ण, ८ रजत र ५ काश्य पदक जितेको छ भने नेदरल्याण्डसले ६ स्वर्ण, ४ रजत र ४ काश्य पदक जितेको छ । त्यस्तै क्यानडाले ४ स्वर्ण, ४ रजत र ७ काश्य पदक जितेको छ भने जर्मनीले ४ स्वर्ण, २ रजत र २ काश्य पदक जितेको छ ।

त्यसैगरी रोमानिया, हंगेरी र आयरल्याण्डले ३/३ स्वर्ण पदक जितेका छन् भने न्यूजील्याण्ड, क्रोसिया, बेल्जियम, हङकङ र अजरबैजानले २/२ स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी ब्राजिल, इजरायल, स्विडेन, जर्जिया, स्वीजरल्याण्ड, स्पेन, काजकिस्तान, दक्षिण अफ्रिका, युक्रेन, उज्बेकिस्तान, चेक रिपब्लिक, ग्वाटेमाला, अर्जेन्टिना, डोमिनिक, इक्वेडर, स्लोभेनिया, सेन्ट लुसिया, नर्वे, फिलिपिन्स, सर्बिया र युगाण्डाले एक एक स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा मेक्सिको, उत्तर कोरिया, ग्रिस, पोल्याण्ड, जमैका, कोसोभो, टर्की, डेनमार्क, इथोपिया, फिजी, मंगोलिया, ट्युनिसिया, भारत, मोलडोभा, ताजकिस्तान, चाइनिज ताइपेइ, अस्ट्रिया, इजिप्ट, ग्रेनाडा, लुथियाना, पोर्चुगल र स्लोभाकिया रहेका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top