काठमाडौं । हवाई जहाजमा यात्रा गरिरहेका श्रीमान-श्रीमतीबीच कुटाकुट भएपछि विमानलाई आकस्मिक अवतरण गर्नु परेको छ ।
आयरल्यान्डबाट स्पेनका लागि उडेको ‘एर लिङ्गस’ वायुसेवा कम्पनीको विमानमा श्रीमान श्रीमतीबीच कुटाकुट भएको हो । घटना गत शुक्रबार साँझको हो।
उक्त विमान आयरल्यान्डको डब्लिनबाट स्पेनको मल्लारोका जाँदै थियो। जसमा यात्रारत एक जोडी पति–पत्नीबीच यति चर्को विवाद भयो कि आपसमा कुटाकुट नै गर्न थाले।
झगडाले हिंसात्मक रूप लिन थालेपछि चालक दलका सदस्यले रोक्ने प्रयास गरे तर सकेनन्। त्यसपछि उनीहरू आपत्कालीन अवस्था घोषणा गरी विमानलाई फ्रान्सको नान्टेस विमानस्थलमा आकस्मिक अवतरण गराएका हुन्।