भारतको हिन्डन एयरबेसमा अवतरण भइन् शेख हसिना

Facebook
Twitter
WhatsApp

काठमाडौं । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना सोमबार साँझ सि–१३० हरकुलस सैन्य यातायात विमानबाट नयाँदिल्ली नजिकैको हिन्डन एयरबेसमा उत्रिएकी छिन् । विमानलाई भारतीय वायु सेनाको सि–१७ र सि–१३० जे सुपर हरकुलस विमान ह्याङ्गर नजिकै पार्क गरिने बताइएको छ ।

भारतीय वायुसेना र सुरक्षा एजेन्सीहरूले भारतीय हवाई क्षेत्रमा प्रवेशदेखि लिएर गाजियाबादमा हिन्डन एयरबेससम्म विमानको आवागमनको निगरानी गरेका थिए । यद्यपि हसिना दिल्लीमा बस्छिन् वा अन्यत्र जान्छिन् भन्ने स्पष्ट छैन । बङ्गलादेशका मिडिया आउटलेटहरूले उनी लन्डन जान सक्नुहुने अनुमान गरेका छन् ।

स्रोतहरूका अनुसार बङ्गलादेशी सि–१३० विमान भारतीय हवाई क्षेत्रमा प्रवेश गरेलगत्तै भारतीय वायुसेनाको लडाकू विमान उडेको थियो र केही समयसम्म उक्त विमानको निगरानी गरेको थियो । भारतीय वायुसेना र भारतीय सेना कुनै पनि आकस्मिक अवस्थाको सामना गर्न तयार रहेको स्रोतले बताएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top