काठमाडौं । बंगलादेशमा नयाँ सरकार गठनको पक्रिया अगाडि बढेको छ ।
नोबेल पुरस्कार विजेता मोहमद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठनको तयारी सुरु भएको हो । आरक्षण विरोधी अभियानका संयोजक नाहिद इस्लामले युनुसको नेतृत्वमा अन्तरिम सरकारको रूपरेखा तयार भइरहेको जानकारी दिएका हुन ।
युनुसले बंगलादेशमा ग्रामीण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान सञ्चालन गरेका कारण २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए। यसैबीच, जेलमा रहेकी पूर्वप्रधानमन्त्री एवम् विपक्षी नेतृलाई रिहा गर्न राष्ट्रपति मोहमद शहबिद्दीनले आदेश दिएका छन् ।
७८ वर्षीया जिया सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछि हाल जेलमा रहेकी छन्। बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले हिजो पदबाट राजीनामा दिएर देशै छोडेकी थिइन् ।