पर्साको दूधेश्वरनाथ महादेव मन्दिरका दुई दर्शनार्थी मृत फेला

Facebook
Twitter
WhatsApp

वीरगञ्ज । पर्साको प्रसिद्ध धार्मिकस्थल दूधेश्वरनाथ महादेव मन्दिर (भाथा धाम) दर्शन गर्न मकवानपुरबाट आएका दुई जना दशनार्थी मृत अवस्थामा भेट्टिएका छन् ।

पर्सा प्रहरीले मकवानपुरबाट गत शनिबार दर्शन गर्न आएका दशनार्थीलाई जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको आशङ्का गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले पर्सा राष्ट्रिय निकुञ्जको कोर एरियामा दुई जनाको शव भेट्टिएको जानकारी दिनुभयो ।

मनहरी गाउँपालिका वडा नं ५ दिलीपुरका वर्ष ४० का रामबहादुर मुक्तान र सोही जिल्लाका राक्सीराङ्ग गाउँपालिका–२ टुमकीका ३२ वर्षीय राजकुमार नेगी मृत अवस्थामा भेटिएका हुन् ।

“निकुञ्जको कोर एरियामा दुई जनाको शव भेट्टिएको छ”, उहाँले भन्नुभयो, “फिल्डमा खटिएका उद्धार टोलीसँग टेलिफोन सम्पर्क हुन नसकेकाले पनि विस्तृत विवरण आइसकेको छैन ।” फेला परेका शवलाई आवश्यक मुचुल्का बनाएर नारायणी अस्पतालमा शव परीक्षणका लागि ल्याउने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

इलाका प्रहरी ठोरी, निकुञ्ज सुरक्षा तैनाथ सबुत गणका लगायतका टोलीले खोजीकार्य गरेको थियो । दुई जना हराएको कुरा सोमबार मात्रै जानकारीमा आएको प्रहरीले जनाएको छ । पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्रपर्ने दुग्धेश्वनाथ महादेव मन्दिरमा साउन महिनाभरि भारतीय र स्वदेशी दशनार्थीको घुइँचो लाग्ने गर्छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top