काठमाडौं। बंगलादेशको अन्तरिम सरकारले आज शपथ लिने भएको छ ।
बंगालदेशको सेनाका प्रमुख वाकर–उज–जमानले डा. मोहमद युनुस नेतृत्वको अन्तरिम सरकारले आज शपथ लिने जानकारी दिएका हुन् । सेना प्रमुख जमानले अन्तरिम सरकार १५ सदस्यीय हुने बताएका छन् ।
साथै, उनले बंगलादेशमा ३(४ दिन भित्र पूर्ण रुपमा शान्ति बहाल हुने बताए । उहाँले देशमा पछिल्ला दिनहरुमा लुटपाट र तोडफोडका घटनाहरुमा संलग्न सबैलाई कानूनको दायरामा ल्याउने बताउँदै देशमा शान्ति बहाल गर्न एयर फोर्स र नाभीले मिले काम गरिरहेकोसमेत जानकारी दिए ।