काठमाडौं । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ । जसमा चारजना चिनिँया नागरिक छन् भने एकजना हेलिकप्टरका क्याप्टेन अरूण मल्ल रहेका छन् ।
काठमाडौंको त्रिभुवन विमानस्थलबाट रसुवाको स्याफ्रुबेशीका लागि उडेको हेलिकप्टर दुर्घटना भएको हो । क्याप्टेन मल्ल यसअघि पनि हेलिकप्टर दुर्घटनामा परेका थिए ।
२०७० असोज १० गते काठमाडौंबाट सोलुखुम्बुको लागि उडेको एयर डायनेष्टीको ९एन–एइएक्स ९एएस–३५०० हेलिकोप्टर सोलुखुम्बुको लुक्ला विमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको थियो ।
हेलिप्याडमा अवतरणको क्रममा विमान पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनामा परी दुई जना घाइते हुनुभएको थियो भने पाइलट मल्ल र अर्का यात्रु सोनाम छिरिङ शेर्पा भने सकुशल रहन सफल भएका थिए ।