सरकारले तोक्यो जार र बोत्तलको पानीको मूल्य,बढी लिए कारबाही गरिने

Facebook
Twitter
WhatsApp

काठमाडौं उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य समान कायम राख्न सरकारले सूचित गरेको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना निकालेर पानी उत्पादक कम्पनीहरूले उही प्रकारका गुणस्तर, नापतौल र परिमाणको पानीमा फरक-फरक एमआरपी लगाई बिक्री-वितरण भएको जानकारी आएकाले एमआरपी समान कायम गर्न निर्देशन दिएको हो।

अब उप्रान्त बढी मूल्य लिएमा विभागले कारबाही गर्ने जनाएको छ।
खासगरी होटल/रेस्टुरेन्ट र व्यवसायी फर्मसँग सम्झौता गरी पानी उत्पादक कम्पनीहरूले अधिक मूल्यको एमआरपी राख्ने गरेका छन्।

विभागका अनुसार काठमाडौं उपत्यकामा बिक्री हुने जार (२० लिटर) को मूल्य प्रतिगोटा अधिकतम ४७ रुपैयाँ तोकिएको छ। एक लिटरको बोतल पानीको मूल्य १६ रुपैयाँ तोकिएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top