फेरि प्रेममा परिन् अनन्या

Facebook
Twitter
WhatsApp

काठमाडौं । आदित्य रोय कपुरसँग ब्रेकअपपछि अभिनेत्री अनन्या पाण्डे फेरि प्रेममा परेकी छन् । मिडिया रिपोर्टका अनुसार उनी अहिले पूर्व मोडल वाकर ब्लान्कोसँग डेट गरिरहेकी छिन् ।

इन्डिया टुडेको रिपोर्टका अनुसार अनन्त अम्बानी र राधिका मर्चेन्टको दोस्रो प्रि-वेडिङको क्रममा क्रुज पार्टीका क्रममा यी दुईको भेट भएको थियो ।

चाँडै नै दुवै साथी बने । यसपछि दुवैले एकअर्कालाई डेट गर्न थाले । वाकर केही समयदेखि जामनगरमा छन् र अम्बानी परिवारको भान्तारा एनिमल पार्कमा काम गर्छन् ।

बम्बे टाइम्सको रिपोर्टका अनुसार अनन्याले अनन्तको विवाहमा वाकरलाई आफ्नो पार्टनरको रूपमा सबैसँग परिचय गराएकी थिइन् । उनले वाकरसँगको आफ्नो निकटता पनि लुकाइनन् । दुवैले विवाहमा धेरै रोमान्टिक गीतहरूमा जोशका साथ नृत्य गरेका थिए ।

अनन्याको प्रेम जीवन सधैं चर्चामा रहने गरेको छ । यसअघि उनी अभिनेता इशान खट्टरसँग सम्बन्धमा थिइन् । तर करिब डेढ वर्ष डेटिङ गरेपछि उनीहरुको ब्रेकअप भयो ।

यसपछि आदित्य रोय कपुरसँग अनन्याको निकटता बढ्यो तर यो सम्बन्ध पनि लामो समय टिक्न सकेन र यसै वर्ष मार्चमा दुवैको ब्रेकअप भयो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top