बागलुङ पहिरो : थप दुई जनाको शव फेला, एक जना अझै बेपत्ता

Facebook
Twitter
WhatsApp

बागलुङ । गत मङ्गलबार बिहान बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा खसेको पहिरामा परेर बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ । एक जना अझै बेपत्ता छन् । पहिरामा परेर बेपत्ता ११ वर्षीय मनोज बुढाको शव बिहीबार साँझ फेला परेको हो ।

एघार वर्षीय सुमन थापा अझै बेपत्ता रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गतले जानकारी दिए । पहिराले घर पुरिँदा बेपत्ता भएका थापाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरी खोजी कार्य भइरहेको उनको भनाइ छ ।

पहिरोले घर पुरिँदा स्थानीय ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमल बुढा, सञ्जु विककी छ महिने छोरी सीता विक र ७० वर्षीया मैतीदेवी विकको शव मङ्गलबार नै फेला परेको थियो । तीन वर्षीय आरुस थापाको शव बुधबार दिउँसो भेटिएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिए । आज दुई जनाको शव फेला परेको उनको भनाइ छ । बिहान सात वर्षीया मधु बुढाको शव फेला परेको थियो भने केही बेर अगाडि मनोज बुढाको शव फेला परेको अध्यक्ष अधिकारीले बताए ।

अध्यक्ष अधिकारीका अनुसार पहिरामा परी घाइते भएका १० जनामध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको अवस्था गम्भीर भएको हुँदा हेलिकप्टरमार्फत उपचार गर्न काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार हुँदैछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top