पूर्वपतिको बिवाहलाई लिएर सामान्था मौन

Facebook
Twitter
WhatsApp

काठमाडौं । अभिनेत्री सामन्था रुथ प्रभुका पूर्वपति र अभिनेता नागा चैतन्यले अगस्ट ८, २०२४ मा अभिनेत्री शोभिता धुलिपालासँग इन्गेजमेन्ट गरेको खबर बाहिरिएको थियो ।

जसका तस्बिरहरू अभिनेता नागा चैतन्यका पिता र सुपरस्टार नागार्जुनले इन्स्टाग्राममा सेयर गरेका थिए। यसपछि सामाजिक सञ्जालमा फ्यानहरूले बधाई दिन थालेपछि इन्टरनेटमा ट्रोलर्सले ट्रोलसमेत गर्न सुरु गरेका थिए ।

यसैबीच, उनको इन्गेजमेन्टको खबर पछि पूर्वपत्नी तथा अभिनेत्री सामान्थाले के पोस्ट गर्छिन् भन्नेमा फ्यानहरूको नजर रहेको थियो । इन्स्टाग्राममा सामन्थाले विनेश फोगाटले कुस्तीबाट सन्यास लिएको खबर साझा गरेकी थिइन । तर, पूर्वपतिका बारेमा उनले अहिलेसम्म कुनै प्रतिक्रिया दिइसकेका छैनन् ।

८ अगस्टको बिहान अभिनेता नागा चैतन्यले आफ्नी प्रेमिका शोभिता धुलिपालासँग परिवार र विशेष साथीहरूको उपस्थितिमा विवाह गर्ने खबरहरू बाहिरएको थियो। यसपछि अभिनेता नागार्जुनले इन्स्टाग्राममा दुई तस्बिर सेयर गरेका थिए, जसमा सुपरस्टार छोरा नागा र भावी बुहारी शोभितासँग पोज दिइरहेका थिए । जबकि दोस्रो फोटोमा जोडीको सुन्दर तस्बिर थियो ।

उनले बिनेश फोगटमा तस्विर राखेर अन्य कुरा लेखिरहेकी छिन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top