तारकेस्वर -२ को पिमलटार माविको अध्यक्ष नियुक्तिमा विवाद

Facebook
Twitter
WhatsApp

नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर २ मा रहेको श्री पिमलटार माविको विद्यालय व्यवस्थापन समिति अध्यक्ष नियुक्तिमा विवाद देखिएको छ । विवाद अरु कोहि नभई गाउँपालिका अध्यक्ष र वडाध्यक्षबिचको भएको बुझिएको छ ।

स्थानिएको भनाइ अनुसार विद्यालय व्यवस्थापन समिति सदस्यको बहुमतबाट अध्यक्षमा पुरुषोत्तम नेपाल अध्यक्ष चयन पनि गाउँपालिका अध्यक्ष शिव अधिकारीले सो निर्णय अस्वीकार गर्दै स्थानी अर्जुन श्रेष्ठलाई नियुक्त गरेपछि विवाद चुलिएको हो ।

साउन २३ मा विद्यालय व्यवस्थापन समितिको बैठकबाट कुल ८ मध्ये ६ जना सदस्यले नेपाललाई अध्यक्ष चुनेकोमा पालिका अध्यक्ष शिव अधिकारीले त्यसलाई अस्विकार गर्दा अर्जुन श्रेष्ठलाई अध्यक्ष नियुक्ति दिएको वडा नं २ का अध्यक्ष शिव पनेरुले आफ्नो फेसबुक मार्फत सार्बजनिक गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पालिका अध्यक्षले चयन गर्नु शिक्षा ऐन र नियम बिपरित भएको उनको भनाइ छ । तर, अध्यक्ष अधिकारीले भने गाउँ शिक्षा सञ्चालन ऐन अनुसार टेकेर नै पालिकाले निर्णय लिएको बताए ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top