लेखा समितिलाई कुलमानले किन पठाए एक ट्रक कागजात ?

Facebook
Twitter
WhatsApp

काठमाडौं, २५ साउन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सार्वजनिक लेखा समितिलाई ५० हजार पेजको कागजात पठाएको बारेमा जवाफ दिएका छन् ।

आज आयोजित पत्रकारसम्मेलनमा घिसिङले समितिलाई पठाएको सबै कागजात सम्बन्धित रहेको बताएका हुन् । घिसिङले डेडिकेटेड तथा ट्रंक लाइन विवादका विषयमा समितिलाई एक ट्रक कागजात पठाएका थिए । तर समितिले कुलमानले अनावश्क कागजात पठाएको भन्दै फिर्ता गर्ने बताएको छ ।

घिसिङले ड्रेडिकेटेड तथा ट्रंक लाइनको महसुलसँग सम्बन्धित डकुमेन्टसँगै सर्पोर्टका अन्य विवरणहरू पनि समितिमा पठाउँदा केही धेरै हुन पुगेको बताए ।

‘सबै हाम्रो सम्बन्धित र आवश्यक डकुमेन्ट बुझाएको हो । हामीसँग घन्टा घन्टाको विद्युत खपतको रेकर्ड हुन्छ । त्यो रेकर्डको सफ्ट कपीको प्रिन्ट नै ४० कि ५० हजार आएको छ । त्यो पनि पठाएका छौं । एमपावर भन्ने सफ्ट वेयरमा भएको सबै डाउनलोड गरेर पठाइदियौं । पछिल्लो चरणमा गरेका बिलिङको प्रिन्ट र एक्सेल सिट पनि पठाइदियौं । यसैगरि, अदालतबाट भएका ९०वटा निर्णयमा विभिन्न व्याख्या भएको छ । ती सबै व्याख्याको फोटोकपि गरेर पठाएका छौं,’ उनले बताए।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top