काठमाडौं। गायक प्रकाश तिमल्सिनाको मृत्यु भएको छ । उनी ललितपुर महानगरपालिका-१९ भैँसेपाटीस्थित निवासमै मृत फेला परेका हुन् ।
उनी सुतिरहेकै अवस्थामा मृत फेला परेका हुन् । उनको मुखबाट रगत निस्किएको पाइएको बताइएको छ । उनको शव पोष्टमार्टमका लागि पाटन अस्पताल पठाइएको छ ।
दुष्टिविहीन गायक तिमिल्सिना श्रीमतीसँग भैँसेपाटीमा बस्दै आएका थिए । श्रीमती विराटनगर गएकी थिइन् । उनका ‘प्रिय तिम्रो सिउँदोमा’, तिमीलाई देखेर आँखा त्यहीँ छोडि हिँडे म लगाएतका गीत चर्चित छन् ।
२०४५ सालमा उनी ९ महिनाको हुँदा कोशी नदीले बगाउँदा उनले आफ्नो सम्पूर्ण परिवारसहित दृष्टि गुमाएका थिए ।