काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री आज दुई दिने नेपाल भ्रमणमा आउँदै छन् ।
परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा मिश्री नेपाल आउन लागेका हुन्। भ्रमणका क्रममा नेपाल–भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
उनी २८ साउनमा भारत फर्कनेछन् ।