काठमाडौं । नेकपा (माओवादी केन्द्र) को नाम र चुनाव चिन्ह परिवर्तन गर्न प्रस्ताव पेश भएको छ ।
जारी स्थायी कमिटी बैठकमा आज उपमहासचिव जर्नादन शर्मा प्रभाकरले पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन गर्न प्रस्ताव गरेका हुन् ।
पार्टी निमार्णका लागि बिभिन्न काम गर्नुपर्ने भन्दै शर्माले ‘बर्तमान परिवेश र काम अनुरुप तालमेल हुने गरी पार्टीको नाम परिवर्तन गर्ने र साथै आम जनताले सहज रुपमा स्विकार गर्ने गरी चुनाव चिन्ह फेर्ने’ प्रस्ताव बैठकमा राखेका हुन् ।