प्रधानमन्त्रीलाई मार्ने धम्की दिने पक्राउ

Facebook
Twitter
WhatsApp

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ज्यान लिने धम्की दिने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिकाका राजन लामा हुन् । उनी गजुरीमा खेलकुद प्रशिक्षकका रूपमा कार्यरत छन् । उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीसहित नेताहरूको ज्यान लिने धम्की दिएका थिए ।

लामाले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको समर्थनमा प्रधानमन्त्रीसहित एमालेका नेताहरूलाई धम्की दिएका हुन् । फेसबुकमा लेख्दै ओली र एमाले कार्यकर्तालाई गालीगलौज मार्ने धम्कीसहितको अभिव्यक्ति दिएका लामालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

गजुरी गाउँपालिका वडा नम्बर ६ निवासी उनी नेकपा माओवादी केन्द्रका कार्यकर्ता हुन् । उनलाई गजुरी गाउँपालिकाले खेलकुद प्रशिक्षकको रुपमा भर्ना गरेको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top