धनुषा । मधेश प्रदेशका ८ जना राज्यमन्त्री बर्खास्तीमा परेका छन्।
मुख्यमन्त्री सतिशकुमार सिंहले आज ८ वटै राज्यमन्त्रीहरूलाई बर्खास्त गरेका हुन्। मुख्यमन्त्री सिंहले साउन २४ गते मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए।
मधेस सरकारमा रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह र मोहम्मद जैद आलम, केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल खङ्ग राज्यमन्त्री थिए।
२० सदस्यीय मन्त्रिमण्डल गठन गरेको भन्दै चर्को आलोचना भएपछि मुख्यमन्त्री सिंहले राज्यमन्त्रीहरू बर्खास्त गरेका हुन् ।