काठमाडौं । सहकारी बचतकर्ताको बचत रकम अपचल सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले दुई सहकारीका सञ्चालकसँग बयान लिँदैछ ।
कास्कीको पोखरास्थित जेलमा रहेका सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र स्वर्णलक्ष्मी सहकारीका सञ्चालक भविश्वर अर्यालसँग बयान लिइरहेको हो ।
समितिले जेलमा रहेका पाँचजनालाई झिकाएर बयान लिइसकेको छ । समितिले अहिलेसम्म जेलमा रहेकासहित सहकारीको रकम अपचलन मुद्दामा जोडिएका १७ जनाको बयान लिइसकेको छ।
सहकारी प्रकरणमा जोडिएका ३० जनासँग बयान लिने बताइएको छ ।