शान्ति प्रक्रियालाई नेपालले आफ्नै हिसाबले अघि बढाएको छ : प्रधानमन्त्री ओली

Facebook
Twitter
WhatsApp

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई नेपालले आफ्नै हिसाबले अघि बढाएको बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै ओलीले नेपालको शान्ति प्रक्रिया मौलिक भएकोले सफलतातर्फ उन्मुख भएको बताउनुभयो । ‘शान्ति प्रक्रियालाई हामीले आफ्नै हिसाबले प्रारम्भ गरेको हौँ, आफ्नै हिसाबले अघि बढाएका हौँ, यो मौलिक छ, हाम्रो आफ्नै प्रयासबाट अगाडि बढेको छ, त्यही कारण हुन सक्दछ, यो सफलतापूर्वक अगाडि बढेको छ’, ओलीले भन्नुभयो ।

नेपालको शान्ति प्रक्रिया दुनियाँको लागि नमुना हुने गरी नेपालले अघि बढाएको ओलीले बताउनुभयो । नेपालका सशस्त्र द्वन्द्वमा रहेको अनेक समूहलाई लोकतन्त्रको राष्ट्रिय धारमा ल्याएको उहाँले बताउनुभयो ।

शान्ति प्रक्रियाको धेरै काम टुङ्गिएको भए पनि सत्य निरूपण र बेपत्ताको छानबिन टीआरसीको काम बाँकी रहेको ओलीले बताउनुभयो । ती विषयलाई टुङ्गो लगाउन टीआरसी विधेयक बनाएको भए पनि ऐनका कमजोरीका कारण विषय टुङ्गो नलागेको कारण संशोधन सहितको विधेयक संसदमा पेस भइसकेको उहाँले जानकारी दिनुभयो । आज सो विधेयक माथि छलफल गरेर पारित गरिने ओलीले जानकारी दिनुभयो ।

कुनै करकापमा नपरी सहमतिका साथ पीडितको पक्षमा सो विधेयक बनेको उहाँले बताउनुभयो । सबै शान्तिका पक्षधरका लागि यो खुसीको विषय भएको ओलीले प्रष्ट पार्नुभयो ।

ऐन पास भएपछि ऐन अन्तर्गत आयोग बन्ने र ती आयोगले प्रभाकारी काम गर्ने उहाँले बताउनुभयो । ती आयोगलाई सरकारको तर्फबाट सरकारको पुरापुर सहयोग हुने बताउँदै ओलीले अन्य राजनीतिक दललाई पनि त्यसमा सहयोग गर्न आग्रह गर्नुभयो । ओलीले नेपालले शान्ति प्रक्रियाको बाँकी कामलाई पनि पुरा गर्‍यो भन्ने सन्देश विश्व समुदायलाई दिन आवश्यक रहेको बताउनुभयो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top