काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्रीबाट हटाएका मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ। ढकाललाई साधारण सदस्यबाट निष्कासन किन नगर्नेरु भनी जवाफ पठाउन पार्टीले पत्र पठाएको छ।
ढकाललाई बुधबार कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पत्र पठाउँदै २४ घण्टाभित्र स्पष्टीकरण पठाउन भनिएको छ।
‘पार्टी विरुद्ध नियोजित रुपमा निरन्तर सक्रिय तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन निष्कासन नगर्ने ? तपाईंको साधारण सदस्यता किन खारेज नगर्नु पर्ने हो ?’ ढकाललाई स्पष्टीकरण सोधिएको पत्रमा लेखिएको छ। ‘पार्टी तथा पार्टीका नेताहरूको छवि, इज्जत, प्रतिष्ठा धमिल्याउन लगातार झुटा आरोप लगाउने, अनर्गल प्रचार एवं पार्टी सदस्य तथा शुभचिन्तकहरुलाई भड्काउने, पार्टीभित्र भ्रम सिर्जना गर्ने जस्ता क्रियाकलापहरुमा निरन्तर लाग्नुभएको संलग्न स्रोतहरू समेतबाट देखिएको छ,’ ढकाललाई पठाइएको पत्रमा भनिएको छ ।