कांग्रेस र माओवादीले शान्ति प्रक्रियाको राम्रो परिणाम दिन सकेन : रवि लामिछाने

Facebook
Twitter
WhatsApp

काठमाडौं, ३० साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तत्कालीन विद्रोही माओवादीले ४/४ पटक सरकारको नेतृत्व गर्दा समेत शान्ति प्रक्रिया टुंग्याउन नसकेको आरोप लगाएका छन् ।  बुधबार प्रतिनिधिसभा बैठकमा टीआरसी विधेयकमाथिको छलफलका क्रममा बोल्दै उनले राजनीतिक दाउपेचका कारण शान्ति प्रक्रियाका कामलाई अल्झ्याइएको आरोप लगाएका हुन् ।

उनले भने, ‘२०६३ सालमंसिर ५ गते नेपाल सरकार र तत्कालीन माओवादीबीच भएको विस्तृत शान्ति सम्झौताको मुख्य राजनीतिक कार्यभार अन्तरिम संविधान, संविधान सभा, गणतन्त्र घोषणा, नयाँ संविधान पूरा भयो, छिटपुट असन्तुष्टिकाबीच व्यवस्थापकीय कार्यभार लडाकु र हातहतियार व्यवस्थापन पनि पार लाग्यो, विगतमा फर्किन नचाहे पनि राजनीतिक दाउपेचकै कारण शान्तिप्रक्रियाका महत्वपूर्ण काम वर्षाैसम्म अल्झ्याइयो, तत्कालीन विद्रोही माओवादीले ४/४ पटक सरकारमा नेतृत्वगर्दा र कांग्रेसले पटक पटक सरकारको नेतृत्व गर्दा पनि परिणाम दिने गरि काम हुन सकेन्।’

उनले राजनीतिक स्वार्थ र दलीय भागबण्डाको आधारमा टिआरसीसम्बन्धीआयोग बनाइ ऐन कार्यान्वयनमा समस्याआउनेतर्फ सचेत गराए ।
उनले आयोगलाई नाममामात्रै नभएर काममापनि स्वतन्त्र र निष्पक्षबनाउनको लागिअपिल गरेका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top