काठमाडौं । ललितपुरको गोदावरी नगरापलिकाका मेयर र उपमेयरले भ्रष्टाचार मुद्वामा सफाइ पाएका छन् ।
आज विशेष अदालतले मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीलाई सफाइ दिएको हो । आरोपमिाथ दाबी नपुग्ने अदालतले फैसला सुनाएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष जेठ २१ मा गोदावरीका मेयर गजेन्द्र महर्जनसमेतलाई प्रतिवादी बनाउँदै पाँचवटा मुद्दा दायर गरेको थियो ।
आर्थिक वर्ष ०७५/७६ देखि नै वार्षिक रूपमा राजस्व हिनामिना गरेको अभियोग लगाइएको थियो ।