काठमाडौं । सिन्धुलीमा गाडी दुर्घटना हुँदा तीनजनाको मृत्युभएको छ ।
कमलामाई नगरपालिका–२ स्थित चियाबारीमा गोलञ्जोरबाट सिन्धुलीतर्फ जाँदै गरेको बा।२० च ८२८३ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । दुर्घटनामा ११ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा गोलञ्जोर गाउँपालिका–६ घर भएका ४२ वर्षीय पृथ्वी भुजेल, ४५ वर्षीय उदय बहादुर मर्साङ्गी मगर र ३५ वर्षीय पवन मर्साङ्गी रहेका छन् ।