भक्तपुरको गठ्ठाघरमा ट्राफिक चेकिङमा ट्रकले ठक्कर दिँदा महिलाको मृत्यु, गठ्ठाघर तनावग्रस्त

Facebook
Twitter
WhatsApp

काठमाडौं । भक्तपुरको गठ्ठाघर तनावग्रस्त बनेको छ ।

ट्राफिक चेकजाँचमा रोकिएको स्कुटरलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा एकजना महिलाको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको हो । ट्रकले ट्राफिककै सामुन्ने रोकिएको स्कुटरलाई ठक्कर दिएको थियो ।

घटनापछि स्थानीयले ट्रकमा आगजनी गर्नुका साथै प्रहरीमाथि ढुंगामुढा गरेका छन् । ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला रोकिराखेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट स्कुटर केही मिटर परसम्म घिसारिएको थियो । मृतक महिलाको पहिचान खुलेको छैन ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top