पार्टी विभाजनबारे गलत प्रचार भयो, पार्टी एकतावद्ध भएको छ : प्रचण्ड

Facebook
Twitter
WhatsApp

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी विभाजनबारे गलत प्रचार भएको बताएका छन् ।

बिहीबार पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले, बैठकसम्म आउँदा पार्टी विभाजनबारे सबै भ्रम चिरिएको भन्दै पार्टी विभाजनबारे गलत प्रचार भएको बताए ।

उनले भने,‘पार्टी फुट्ने भन्ने विल्कुल गलत निराधार हो । पार्टी फुट्छ भनेर केही समयदेखि होहल्ला प्रचार धेरै भयो । कतिपय सन्दर्भमा आशंका र भ्रम पनि भए तर यो बैठकसम्म आउँदात्यो सबै भ्रम चिरिएका छन् ।’

उनले खास गरी कमरेड प्रभाकरले पार्टी फुटाउछन् भन्ने आशंका गलत रहेको भन्दै पार्टी झन् एकतावद्ध भएको दाबी गरे ।  उनले भने,‘खास गरी कमरेड प्रभाकरले पार्टी फुटाउछन् भनेजस्ते आशङ्काछ त्यो गलतहो ।हाम्रो पार्टी एकतावद्ध भएको छ ।’

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top