काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेमा भीषण बाढी आएको छ ।
जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दै जोरसल्लेदेखि तल दूधकोसीको तटीय क्षेत्रमा हुनेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
बाढी हिमताल फुटेर वा पहिरोले नदी केही समय थुनिएर आएको भन्ने एकिन भएको छैन ।