काठमाडौं । नेपाल सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।
आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । सरकारले शर्तसहित टिकटक खोल्न दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिनु भएको छ ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।