काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खस्दा १४ जनाको मृत्यु भएको छ। उद्वार टोलीले १६ जनाको उद्वार गरेको छ ।
उद्धार गरिएकालाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको थियो।
कास्कीको पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खसेको हो । बसमा सबै भारतीय नागरिकहरू रहेका थिए।
बसमा ४१ जना यात्रुसहित चालक र सहचालक गरी ४३ जना रहेको प्रहरीको भनाइ छ। उद्वार कार्य जारी छ ।