काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठीत संसदीय छानबिन विशेष समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरू भएको छ ।
समितिले बयानका लागि बोलाएसँगै लामिछाने आज बयान दिन समितिमा पुगेका हुन् । लामिछानेमाथि सूर्यदर्शन सहकारी ठगीको आरोप लागेको छ । लामिछानेले भने आरोप अस्वीकार गर्दै आएका छन् ।
सूर्यदर्शन सहकारी ठगीका मुख्य अभियुक्त जीवी राई फरार रहेका छन् ।