नुवाकोट । नुवाकोटको तारकेश्वर गाँउपालिकाले कात्तिके आमा समूहलाई सहयोग गरेको छ ।
गाउँपालिकाले आमा समूहलाई एकथान साउण्ड सिस्टम र ३० थान कुर्सी उपलब्ध गराएको हो । गाँउपालिका अध्यक्ष शिव अधिकारी (अविरल) आमा समूहलाई सहयोग हस्तान्तरण गर्नुभएको हो ।
अध्यक्ष अधिकारीले पालिकामा स्थापित क्लब तथा समूहलाई सहयोग, तालिम तथा अभिमुखीकरण, क्षमता अभिवृद्धि लगायतमा सहयोग पुराउदै आएको र आगामी दिनमा पनि निरन्तर दिइने प्रतिबद्धता व्यक्त गरे ।