काठमाडौं। मर्स्याङ्दी नदीमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । प्रहरीका अनुसार दुर्घटनामा २७ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
उद्धार गरिएका १६ जनालाई सेनाको हेलिकप्टरमार्फत् काठमाडौंको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल ल्याइएको छ ।
शुक्रबार दिउँसो करिब साढे एक बजे पोखराबाट काठमाडौँ आउँदै गरेको भारतीय नम्बर प्लेटको उक्त बस तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ बाट मर्स्याङ्दी नदीमा खसेको थियो । बसमा ४३ जना सवार रहेका थिए । मृतक सबै भारतीय हुने ।