कांग्रेस-एमाले घमण्डी र दलालवादी पार्टी : झलनाथ खनाल

Facebook
Twitter
WhatsApp

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालका दुई ठुला पार्टी भ्रष्ट भएको आरोप लगाएका छन् ।

आइतबार एकीकृत समाजवादी केन्द्रीय कमिटीको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेस र एमाले सबैभन्दा घमण्डी र दलालवादी पार्टी भएको आरोप लगाएका हुन् ।

उनले भने, ‘अहिले दुई पार्टीको सरकार बनेको छ, । यस्तो विश्व परस्थितिमा दुई दलको सरकार बनेको छ । दुइवटै घमण्डी र भ्रष्ट पार्टी हुन् । अवसरवादी पार्टीहरु हुन् । एउटा त प्रतिक्रयावादी दलाल पूँजीवादकै प्रतिनिधि भैइहाल्यो, अर्को घोर अवसरवादी दक्षिणपन्थी नेतृत्व भएको पार्टी हो । दलाल पँुजीवाद र दक्षिणपन्थी अवसरवादीको घेराबन्दीमा गठबन्धन सरकार बनेर के निश्चित गर्छ भने दुई पार्टी सिस्टममा बस्न सक्दैनन् ।’

उनले एउटै पार्टीले बहुमत लिएर आए पनि मल्टिपाटी सिस्टममा नटिक्ने जिकिर गरे । उनले भने, ‘कमसेकम नेपालमा असम्भव छ, मल्टिपाटी सिस्टम । केही हुनेवाला पनि छैन । देशमा मल्टिपाटी सिस्टम स्थापना भएपनि पूँजीवादी मल्टिपाटी सिस्टम हो । पूँजीवादमा मल्टिपाटी सिस्टम अन्त्यसम्म रहन्छ ।’

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top