म रवि लामिछाने क्लबबाट निष्काशित भएको हुँ, पार्टीबाट होइन : मुकुल ढकाल

Facebook
Twitter
WhatsApp

काठमाडौं । डा. मुकुल ढकालले आफु रवि लामिछाने क्लबबाट निष्काशित भएको प्रतिक्रिया दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्काशित गरेपछि प्रतिक्रिया दिदै आफु रवि लामिछाने क्लबबाट निष्काशित भएको र आफुलाई पार्टीबाट निष्काशित गर्ने अधिकार क्लबलाई नरहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासन गर्ने अधिकार क्लवलाई छैन । न्यायिक निकायले क्लवको कारवाहिलाई बदर गरेपछि, नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधरण सदस्यबाट राजीनामा दिनपर्छ ।,’

ढकालले सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडको बताउदै आफूविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेको आरोप लागाएका छन् ।

मंगलबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशित गरेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top