प्रभु साहको प्रधानमन्त्रीलाई प्रश्न- गिरीबन्धु टि-स्टेट, वाईडबडी, यती, ओमनी, भुटानी काण्डको पैसा कसले खायो ?

Facebook
Twitter
WhatsApp

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा (एमाले) को दुई दलिय अनैतिक गठबन्धनले मुलुक बर्बाद हुन लागेको टिप्पणी गरेका छन् ।

काठमाडौंको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा आजदेखी सुरु भएको आजपाको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले दुई दलिय गठबन्धनको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाए ।

‘बिचार, सिद्धान्त केही पनि नमिल्ने कांग्रेस र एमालेले गठबन्धन गरेका छन् । निर्वाचनमा दुई छुटाछुटै गठबन्धन गरेर जनतासंग मत मागेका थिए । तर सता स्वार्थले एक भए, अहिले भ्रष्टाचारीलाई जोगाउँनका लागेकाछन’ आजपा अध्यक्ष साहले भने, ‘दुई दलका दुई नेताको स्वार्थका लागि बनेको यो गठबन्धन नभई ठगबन्धन हो । भ्रष्टाचारीलाई जोगाउँन मिलेका हुन् ।’

निर्वाचनमा छुटाछुटै गठबन्धन गरेर जनतासंग मत मागेका कांग्रेस र एमालेले गठबन्धन गरेपछि उनीहरुले मत फिर्ता गर्नुपर्ने तर्क साहको छ । ‘एउटा व्यापारीले पैसा लिएपछि समान दिन्छ । तर यिनीहरुले जुन कुरा दिन्छु भनेर मत मागे त्यसको विपरित काम गरेपछि के जनतासंग लिएको मत फिर्ता गर्नुपर्दैन् रु’ साहले प्रश्न गरे ।

यो सरकारले दालभात मात्रै खाने गरेको बताएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई इन्गित गर्दै साहले भने, ‘यो सरकारले दालभात मात्रै खान्छ भन्नुहुन्छ प्रधानमन्त्रीज्यू, तर त्यो गिरी बन्धु टि–स्टेट, वाईडबडी, यतीओमनी, भुटानी काण्ड, बालमन्दिर, डेडिकेटेड र ट्रंक लाइनदेखी टेरामक्स लगायतका काण्डै काण्डले बदनाम सरकार र यि नेताहरु के दालभात मात्रै खाएका हुन त ? दालभात मात्रै खाएर मुलुक कंगाल बनेको हो प्रधानमन्त्री ज्यू ?अनि तपाईहरुले गरेको यस्ता भ्रष्टाचार र अनैतिक कार्यको विरोध गर्ने टुडिखेलका ति सोझा युवाहरु असभ्य भए, संस्कार भएन भन्ने । अनि के तपाईहरुले जुन देश लुटिराख्नु भएको छ त्यो सभ्य र संस्कारको काम हो ?’।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top