काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी मतदानमार्फत चयन भएका छन् ।
मंगलबार साँझ भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो । पार्टी अध्यक्षमा माधव नेपाल निर्विकल्प थिए । अध्यक्ष पदमा निर्वाचन भएन भने वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्र पाण्डे मंगलबार नै सर्वसहमत चुनिएका थिए ।
यस्तै, महिला उपाध्यक्षकी उम्मेवार रामकुमारी झाँक्री पराजित भएकी छिन् । उनलाई जयन्ती राईले पराजित गरेकी हुन् ।यसैगरी मधेशी उपाध्यक्षमा धर्मनाथ साह निर्वाचित भएका छन् । खुला उपाध्यक्षमा डा। गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन् ।
उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, राजेन्द्र राई र गरिमा शाह निर्वाचित भएका छन् ।
सचिवमा दलितबाट गणेशबहादुर विश्वकर्मा, आदिवासी जनजातिबाट बलदेव चौधरी, खुलाबाट शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्रा कुमारी भुसाल र श्रीनाथ बराल निर्वाचित भएका छन् ।