बिचौलियालाई विधेयकको ड्राफ्ट गर्न दिने काम बन्द गरौं : सोविता गौतम

Facebook
Twitter
WhatsApp

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसदमा भर्खरै दर्ता गरिएको विधेयकहरुको ड्राफ्ट मन्त्रालयले नभई बिचौलीयामार्फत तयार पारिएको भन्दै आपत्ति जनाएकी छन् ।

बुधबार संघीय संसद अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा बनेको विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै सांसद गौतमले सम्बन्धित मन्त्रालयले कानून आयोगसँग छलफल गर्नुपर्ने भएपनि कन्सलटेन्सी र बिचौलियामार्फत ड्राफ्ट तयार भइरहेको बताइन् ।

उनले भनिन्, ‘साउन ३२ गते विधेयकहरु संसदमा दर्ता भएका छन् । तिविधेयकहरु बाहिर कतै ड्राफ्ट भएर आएको भन्ने कुरा आइसकेको छ । विधेयक बनाउने जिम्मेवारी त मन्त्रालयको हो । सम्बन्धित मन्त्रालयले कानून आयोगसँग समन्वय गर्नुपर्ने हो । तर अस्ति जुन विधेयक संसदमा छलफलको लागि आयो । त्यसको पिडिएफ डाउनलोड गरेर हेर्यौँ भने त्यसमा पायोनेट ल एसोसिएट्सले ड्राफ्ट गरेको कुरा प्रष्ट देखिन्छ । हाम्रा विधेयकहरु कहाँ दर्ता हुँदा रहेछन् भन्ने कुरा चाँही महत्वपूर्ण प्रश्न हो ।’

विधेयकका सम्बन्धमा बाहिर आएको कुराहरु गम्भीर विषय भएको उल्लेख गर्दै सांसद गौतमले विधेयकको मस्यौदा कानून आयोगले गर्ने स्पष्ट पारिन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top