मलाई एक्लै बस्न मन पर्दैन, पार्टनरको आवश्यकता छ : आमिर खान

Facebook
Twitter
WhatsApp

काठमाडौँ । बलिवुड अभिनेता आमिर खानले आफूलाई पार्टनरको आवश्यकता रहेको बताएका छन् ।

५९ बर्षिय अभिनेता आमिर खानले रिया चक्रवर्तीको पोडकास्ट च्याप्टर २ मा बोल्दै आफ्नो निजी जीवन बारे चर्चा गरेका हुन् । बलिउडमा मिस्टर परफेक्शनिस्ट भनेर चिनिने आमिरले पोडकाष्टमा आफ्नो व्यावसायिक र व्यक्तिगत जीवनसँग सम्बन्धित धेरै रोचक कुराहरू सेयर गरेका छन् । कुराकानीका क्रममा आमिरले आफूलाई साथीको आवश्यकता रहेको पनि बताए । यस क्रममा उनले आफ्ना दुवै पूर्व पत्नीको पनि उल्लेख गरे । कुराकानीका क्रममा आमिर खानले भने, ‘मलाई एक्लै बस्न पटक्कै मन पर्दैन । मलाई साथी चाहिन्छ । म एक्लो मान्छे होइन, मलाई कम्पनी मन पर्छ । म मेरा दुवै पूर्व पत्नी रीना र किरणसँग धेरै नजिक छु । हामी सबै एक परिवार जस्तै छौं ।’

यस बाहेक रियाले आमिर खानसँग विवाहबारे उनको धारणा जान्न चाहन्थिन् । यसबारे आमिरले भने, ‘मेरो दुई विवाह असफल भएका छन् । त्यसैले मसँग विवाहको बारेमा कुनै सल्लाह न सोध्नुहोस् । यसबाहेक आमिरलाई तेस्रो विवाहको बारेमा सोध्दा उनले भने, ‘म अहिले ५९ वर्षको भएँ । अब फेरि बिहे कहाँ गर्ने रु गाह्रो देखिन्छ । मेरो जीवनमा धेरै सम्बन्धहरू छन्, म मेरा बच्चाहरू र परिवारसँग जोडिएको छु ।,’

आमिर खानले दुई पटक विवाह गरिसकेका छन्, यद्यपि उनको दुवै विवाह असफल भए । उनको पहिलो विवाह रीना दत्तसँग भएको थियो, जसबाट उनका दुई सन्तान छन्, जुनैद खान र आयरा । त्यही समयमा उनको दोस्रो विवाह निर्देशक किरण रावसँग भएको थियो, जसबाट आमिरको एक छोरा आजाद छन् । आमिरका जेठा छोरा जुनैदले पनि फिल्म ‘महाराज’ बाट इन्डस्ट्रीमा डेब्यु गरेका छन् । वर्कफ्रन्टको कुरा गर्ने हो भने आमिर छिट्टै नयाँ फिल्म ‘सितारा जमीन पर’ लिएर आउदै छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top