नुवाकोटको म्यागङ र किस्पाङमा तरकारीको जोन कार्यक्रम

Facebook
Twitter
WhatsApp

नुवाकोट । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई, नुवाकोटमार्फत जिल्लाको म्यागङ र किस्पाङ गाँउपालिकामा तरकारीको जोन कार्यक्रम सञ्चालन गरिएको छ । म्यागङको पाँच वटा वडा र किस्पाङको चार वटा वडामा कार्यान्वयन हुने गरेर चालु आर्थिक वर्षदेखि तरकारीको जोन कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

परियोजना कार्यान्वयन एकाई, नुवाकोटका प्रमुख वरिष्ठ कृषि अधिकृत होमनाथ लम्सालको अनुसार तरकारी खेतीका लागि जिल्लाकै उत्कृष्ट क्षेत्रको रुपमा रहेको म्यागङको वडा नं। २ देखि ६ सम्म र किस्पाङको वडा नं। १ देखि ४ सम्मको कुल नौवटा वडामा कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ ।

तरकारी जोन सञ्चालनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत रु एक करोड २५ लाख बजेट प्राप्त भएको एकाई कार्यालयका प्रमुख लम्सालले जानकारी दिए ।

“राष्ट्रिय प्राथमिकता र स्थानीय सभ्यताका आधारमा तोकिएको मापदण्ड र पूर्वाधार पूरा गरेर जोन सञ्चालनमा ल्याएका छौँ”, उनले भने, “कृषि क्षेत्रको आधुनिकीरणमा योगदान पु¥याउने गरी जोनमा समावेश भएको तरकारी बालीको उत्पादन तथा उत्पादकत्व बृद्धि गर्दै कृषि यान्त्रिकरण, कृषि पूर्वाधार विकास एवं व्यावसायिकरण प्रबद्र्धन तथा प्रारम्भिक प्रशोधन केन्द्रहरुको स्थापनाका कार्यक्रम सञ्चालन हुनेछन् ।”
म्यागङ र किस्पाङको एक/एक वडा जोनमा समावेश हुन छुटेकाले कार्यक्रम सञ्चालनका लागि गठन हुने समितिको सहमतिमा परियोजना कार्यान्वयन इकाइको सिफारिसमा परियोजना व्यवस्थापन इकाइले पछि थप गर्ने व्यावस्था रहेकाले दुवै पालिकाको सबै भुगोल समेट्ने लक्ष्य लिएको किस्पाङका उपाध्यक्ष अजुर्नप्रसाद न्यौपानेले बताए ।

उनका अनुसार जोन कार्यक्रम लागू भएसँगै आबद्ध किसानले रासायनिक तथा प्राङ्गरिक मल, उन्नत तथा हाइब्रिड बिउ, रसायनिक एवम् जैविक विषादिलगायतका कृषि सामग्रीमा अनुदान पाउने छन् । कृषिमा यान्त्रिकरणमार्फत आधुनिकीरणको प्रयोग गरेर कम लागतमा धेरै उत्पादन गर्दै बजारीकरणमा सहज बनाई किसानलाई उचित प्रतिफलको लागि जोन कार्यक्रमलाई नयाँ अवसरको रुपमा लिएको छ ।

कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यवसायिक, दिगो एवम् आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने सोचसहित नेपालमा आर्थिक वर्ष २०७३–७४ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयनमा ल्याइएको थियो ।

परियोजनाले आफ्नो कार्य क्षेत्रअन्तर्गत नुवाकोटका विभिन्न स्थानमा यसअघि पनि आलु, तरकारी र धान जोन कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । साथै रसुवामा बाख्रा र आलु जोन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top