अन्तत: प्रकाशले पाए नागरिकता

Facebook
Twitter
WhatsApp

भोजपुर । प्रकाश तामाङ ‘काले’ ले नागरिकता प्रमाण पत्र पाएका छन्।

आइतबार प्रशासनका अधिकारीले प्रकाशलाई उहाँको घर भोजपुर षडानन्द नगरपालिका–१० छाप्लेगाउँ (साम्पाङ) मा पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।

‘हेर्ने कथा’ मार्फत भेटिएका प्रकाशलाई उहाँको बुवा–आमासँग नाता कायम र जन्मदर्ताको कागज बनाएर नागरिकता दिइएको हो ।
षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदास, वडा अध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यालय प्रमुख बिनोद ज्ञावली, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईंको उपस्थितमा प्रकाशलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाशलाई भेट्न काठमाडौँ बोलाएका छन्। नागरिकता पाएका उनी केही दिनमै काठमाडौँ आएर प्रधानमन्त्रीसँग भेट गर्ने कार्यक्रम छ ।

ओलीले निवर्तमान गृह सचिव एवं हालका मुख्य सचिव एकनारायण अर्याललाई बोलाएर प्रकाशलाई नागरिकता दिलाउन आवश्यक पहल गर्न निर्देशन दिएका थिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top