रुकुम । डोल्पाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल सवार हेलिकप्टर रुकुम पश्चिमको आठबसिकोट नगरपालिकाको राडीमा आकस्मिक अवरण गरेको छ ।
डोल्पाको त्रिपुरा सुन्दरी दर्शन तथा एक मेलाको अवलोकन गरेर फर्किने क्रममा मौसम खराबीका कारण मुख्यमन्त्री कँडेल सवार हेलिकोप्टर सिम्रिक एयरको नाइन एन–एकेडी कल साइन भएको हेलिकोप्टर राडी स्थित एक खेल मैदानमा अवतरण गरेको हो ।
हेलिकोप्टरमा मुख्यमन्त्रीसहित श्रीमती, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका प्रमुख, सुरक्षा गार्ड र चालकसहित पाँच जना रहेका थिए ।