सन्दीप लामिछानेविरूद्व सर्वोच्च अदालतमा जाँदै सरकार

Facebook
Twitter
WhatsApp

काठमाडौं । नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीमा मुद्दा चलाउनुपर्ने रायसहित उच्च सरकारी वकिलको कार्यालयले महान्यायाधिवक्ता कार्यालयमा फाइल पठाएको छ।

महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार आइतबार उच्च सरकारी वकिलको कार्यालय पाटनले सर्वोच्चमा पुनरावेदन गर्नुपर्ने रायसहितको प्रतिवेदन र फाइल पठाएको हो।

उच्च अदालत पाटनबाट सफाइ दिने निर्णय त्रुटिपूर्ण भएकाले बदर भई बलात्कारमा हदैसम्मको कैद, जरिवाना र क्षतिपूर्ति भराउने फैसला हुनुपर्ने माग पुनरावेदनमा गरिएको छ। यसअघि साउन ११ गते पीडित गौशाला २६ ले लामिछाने विरुद्धको मुद्दा अघि नबढाइदिन आग्रह गर्दै निवेदन दिएकी थिइन्।

उनको निवेदनलाई पनि साथै राख्दै लामिछानेविरुद्ध एक तहमाथि (सर्वोच्च) जानुपर्ने आधारहरू रहेको दाबी उच्च सरकारी वकिल कार्यालयले गरेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top