कास्की । गण्डकी सरकारमा नवनियुक्त चारजना नेकपा एमालेका मन्त्रीले शपथ लिएका हुन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ गराएका हुन्।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार एमालेका पद्मा जिसी, मित्रलाल बस्याल, कृष्ण पाठक र प्रकाश केसीलाई मन्त्री नियुक्त गरेका थिए।
एमाले गण्डकीका संसदीय दलका नेता खगराज अधिकारीले मन्त्रीको नाम दिएपछि मुख्यमन्त्री पाण्डेले नियुक्त गरेका थिए।