कास्की । गण्डकी प्रदेशका भौतिक योजनामन्त्री राजीव गुरूङ उर्फ दीपक मनांगेले पदबाट राजीनामा दिएका छन् ।
नेकपा (एमाले) लाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रालय परिवर्तन गराएपछि उनले राजीनामा दिएका हुन् ।
यसअघिको मनांगेको भौतिक योजना मन्त्रालय खोस्दै मुख्यमन्त्री पाण्डेले उनलाई वन तथा वातावरण मन्त्रालय दिएका थिए । लगत्तै उनले स्वकीय सचिव सन्तोष अधिकारीमार्फत् राजीनामा पठाएका हुन्।