उपभोक्ता समिति गठन गरी पुष १५ भित्र योजना सम्झौता गरिसक्न अध्यक्ष अधिकारीको निर्देशन

Facebook
Twitter
WhatsApp

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाले चालू आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम अनुसार पालिकाबाट बिनियोजित तथा पालिकाबाट कार्यान्वयन गर्ने बजेट मध्ये ६० लाख रुपैयाँभन्दा बढीको कार्यक्रम र आयोजनाहरु ठेक्का मार्फत सम्पन्न गर्ने निर्णय गरेको छ। ६० लाखभन्दा कमको उपभोक्ता समिति र त्यसमाथिको कार्यक्रम ठेक्का मार्फत संचालन गर्ने अध्यक्ष शिव अधिकारीले निर्देशन दिनुभएको हो ।

यस्तै बजेटमा उल्लेखित योजना र कार्यक्रमहरु कार्यान्वयन गर्न कात्तिकको मसान्त भित्र उपभोक्ता समिति गठन गरी पुष १५ भित्र योजना सम्झौता गरिसक्नुपर्ने र सो अवधि सम्ममा योजना सम्झौता नभएका योजना कार्यक्रमहरूलाई यसै आर्थिक वर्षको हिउँदे गाउँ सभाबाट रकमान्तर गरी कार्यन्वयन गर्ने निर्णय भए बमोजिम काम कारवाही गर्ने आफू मातहतका निकायलाई निर्देशन दिनु भएको हो।

बर्खायाममा हताहतार काम सक्ने र कमसल काम गर्ने प्रवृतीलाई रोकि विकास निर्माणलाई गुणस्तरीय र जनहितमा सम्पन्न गर्न यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने अध्यक्ष शिव अधिकारीले जानकारी दिनुभयो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top