नुवाकोट । लगातारको वर्षाले नुवाकोटका तारकेश्वर गाउँपालिका वडा नम्बर ३ कौछिनीमा घरहरू जोखिममा परेका छन् ।
आज बिहानको लगातारको वर्षाले बद्री अधिकारी लगायतको घर जोखिममा परेको हो । यस्तै, सडक, बारी, र खानेपानीको ट्यांकीमा क्षति पुगेको स्थानीयले बताएका छन् ।
वर्षाले सडक भत्किँदा सडमा मानिस हिँड्न पनि मुस्किल भइरहेको बताइएको छ । स्थानीयले यसतर्फ ध्यानाकर्षण गराउँदै जोखिम न्यूनीकरणको काम थाल्न सरोकारवालासँग माग गरेका छन् ।