एमाले कार्यकर्ताको रिपोर्टपछि बालेनको स्ट्याटस फेसबुकले हटायो

Facebook
Twitter
WhatsApp

काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले दुई दिनअघि फेसबुकमा पोस्ट गरेको स्टाटस हटाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएपछि सो पोष्ट फेसबुकले नै हटाएको उनको सचिवालयले स्पष्ट गरेको छ ।

बालेनले सो स्टाटसमा एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरेलु हिँसा गरेको भन्दै पक्राउ गर्न प्रधानमन्त्री केपी ओलीमाथि प्रश्न गरेका थिए । तर, सो स्टाटस मंगलबार बिहान गायब भएको थियो ।

बालेनले डिलिट गरेको आरोप लागिरहेको बेला उनको सचिवालयले एमालेका कार्यकर्ताले रिपोर्ट गरेपछि फेसबुकले नै उक्त पोस्ट हटाइदिएको बताएको छ । स्टाटस रिकभर गर्ने प्रयास भइरहेको सचिवालयले जनाएको छ ।

सचिवालयले कम्युनिटी गाइडलाइनभन्दा बाहिर गएको भनेर फेसबुकले हटाएको भन्दै बालेनका स्वकीय सचिव भूपदेव शाहले भनेका छन्,’ कुन मर्म र हिसाबमा स्टाटस राख्नुभएको हो भनेर फेसबुकले बुझेन, आशावादी छौं, फेसबुकले टेक डाउन गरेको त्यो स्टाटस रिकभर हुनेछ ।’

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top