सहकारी ठगी छानबिन गर्ने संसदीय समितिको म्याद १५ दिन थपियो

Facebook
Twitter
WhatsApp

काठमाडौं । सहकारी संस्थाको बचत रकम ठगी बारे छानबिन गर्न गठन भएको संसदीय छानविन विशेष समितिको म्याद १५ दिन थप भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा विशेष छानविन समितिका सभापति सूर्यबहादुर थापाक्षेत्रीले समयावधि थपका लागि प्रस्ताव पेश गरेका थिए ।

उक्त प्रस्ताव सभामुख देवराज घिमिरेले निर्णायर्थ सभासमक्ष पेश गरेपछि प्रतिनिधि सभाबाट समयावधि थपको प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो ।

प्रस्ताव पेश गर्ने क्रममा विशेष समितिका सभापति थापाले हालसम्म समितिले विभिन्न सहकारी संस्थाको बचत रकम अपचलनमा जोडिएका भनी आरोपित ५० जना व्यक्तिहरुसँग सोधपुछ कार्य गरिसकिएको जानकारी दिएका थिए ।

उनले सार्वजनिक विदाको दिनबाहेक समितिले विहान, दिउँसो र मध्यरातिसम्म काम गरिरहेको जानकारी गराए । समितिले अथक मेहनत गरिरहँदा पनि निर्धारित समय यही भदौ २२ गते सम्म काम समाप्त हुन नसक्ने अवस्था आइपरेको बताए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top