काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफू गलत भए पक्राउ गर्न सरकारलाई चुनौती दिएका छन् ।
बाल श्रम शोषण गरेको आरोप लागेकी एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गर्न माग गर्दै बालेनले लेखेको फेसबुक स्टाटस डिलिट भएपछि बालेनले आफू गलत भए पक्राउ गर्न चुनौती दिएका हुन् ।
बालेनले लेखेका छन्– “पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।”