६५ हजार बढीले गरे ओलीलाई अनफलो

Facebook
Twitter
WhatsApp

काठमाडौं । गएरातिदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुक पेजमा अनफलो गर्ने अभियान चलिरहेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बोलन साह र ओलीबीच टक्कर बढिरहँदा युवाहरूले ओलीलाई अनफलो गर्ने अभियान चलाएका हुन् । यो समाचार तयार पार्दासम्म ६५ हजार बढीले ओलीलाई अनफलो गरिसकेका छन् ।

बालेनले एमाले सांसद रेखा शर्मालाई पक्राउ गर्न माग गर्दै फेसबुकमा स्टाटस लेखेका थिए । बालेनको उक्त स्टाटसपछि एमालेका नेता कार्यकर्ता बालेनविरूद्व खनिएका थिए । यस्तै एमाले र बालेनबीच नदी किनारामा २० मिटर छोड्नुपर्ने निर्णयमा पनि टकराव परिरहेको छ ।

मेयर बालेनले सांसद शर्माविरूद्व लेखेको स्टाटस डिलिट भएपछि बालेन आक्रोशित हुँदै अर्को स्टाटस लेखेका थिए । बालेनले ‘पोष्ट हटाउने होइन, दोषीलाई करावाही गर्नुपर्यो’ भन्ने पोष्ट गरेका थिए ।

उक्त पोष्टपछि ओलीविरूद्व अनफलो अभियान चलेको हो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top